Section 47
पारिश्रमिक दिन नपर्ने
: यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि महिला श्रमिकले प्रसूति बिदा अवधिको पारिश्रमिक सामाजिक सुरक्षा कोषबाट प्राप्त गर्ने व्यवस्था भएकोमा रोजगारदाताले सो हदसम्म त्यस्तो बिदा अवधिको लागि श्रमिकलाई यस परिच्छेद बमोजिमको पारिश्रमिक दिनुपर्ने छैन ।